अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

नेपालभ्युज

अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं। नेकपा एमालेले उपराष्ट्रपतिमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। केहीबेर अघि बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि, राष्ट्रपतिमा पनि एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको थियो ।

पार्टीको स्थानीय निकायदेखि नै प्रमुख-उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने भन्दै शाक्यलाई उम्मेदवार बनाएको जनाएको छ।

पुरुषलाई नै दुईवटै पदमा उठाउने कुरा संविधानविपरीत हुने भन्दै चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दए।

यसअघि, बागमती प्रदेशको मुख्यमन्त्री रहिसकेकी नेतृ शाक्य एमालेमा स्वच्छ छविको नेतामा पर्छिन्। उनी पार्टी फुट्नुअघि माधवकुमार नेपाल पक्षमा खुले पनि विभाजनमा नेपाललाई छाडेर एमालेमै बसेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved