आज सुनको मूल्यमा सामान्य वृद्धि

नेपालभ्युज

आज सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

बिहीबार छापावाल सुन तोेलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved