राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्रलाई अँगालोमा बाँधे प्रचण्डले

नेपालभ्युज

राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्रलाई अँगालोमा बाँधे प्रचण्डले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई अँगालोमा बाँधेर बधाई दिएका छन् ।

नेकपा माओवादी केन्द्र सहित ७ दलीय गठबन्धनको समर्थनमा बिहीवार राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई प्रचण्डले बधाई दिएका हुन् ।

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्।

पूर्व सभामुख समेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार थिए भने अर्का पूर्व सभामुख सुवास नेम्वाङलाई एमालेको मात्र साथ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved