रवीन्द्र मिश्र हावी हुन खोजेपछि राप्रपा बैठक लम्बियो

नेपालभ्युज

रवीन्द्र मिश्र हावी हुन खोजेपछि राप्रपा बैठक लम्बियो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य सम्पादन समिति बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र हावी हुन खोजेपछि बैठक लम्बिएको छ।

राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई मत दिने भन्ने विषयमा निर्णय गर्न बसेको बैठकमा मिश्रले राष्ट्रपतिका दुवै उम्मेदवार देशका लागि योग्य नभएको बताएका छन् । राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।

राष्ट्रपतिबारे निर्णय लिन आवश्यक नभएको र यो पार्टीको चासोको विषय नभएको उनको तर्क छ । राष्ट्रपतिमा भोट हाल्न नहुने पक्षमा मिश्र उभिएका छन् । उनले राप्रपा सरकारमा गएको प्रति समेत बैठकमा असन्तुष्टि देखाएको स्रोतको भनाइ छ।

जारी बैठकमा २१ जनाले आफ्नो धारणा राखिसकेका छन् । राजसंस्थाको पक्षमा वकालत गर्ने पार्टी भएकाले अधिकांशले तटस्थ बस्न सुझाव दिएका छन्। राप्रपाले केन्द्र र बागमती प्रदेश सरकार छाडे पनि कोशी, गण्डकी र लुम्बिनीमा सरकारमा सहभागी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved