सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

नेपालभ्युज

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं। ग्यास सिलिन्डर लिक भएपछिको आगलागीमा घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्य सुधार हुँदै गएको छ।

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत डा. भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको उनीसँगै रहेका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिएका छन्।

आफ्नै घरमा खाना पकाउने ग्यास लिक भएपछि भएको आगलागीबाट भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमाको उपचारकै क्रममा फागुन ४ गते किर्तिपुर अस्पतालमा निधन भएको थियो ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भएको थियो। आमाको निधन भएकै दिन साँझ उनलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो। मुम्बई लगेर सर्जरी गरेपछि क्रमशः उनको स्वास्थ्य सामान्य हुँदै गएको हो ।

चिकित्सकहरूका अुनसार भण्डारीको सबै पारामिटर सामान्य छन्। डा. भण्डारीलाई ज्वरो आएको छैन र आज ड्रेसिङ गरिनेछ।

अस्पताल प्रशासन र डाक्टरहरूले भेटघाटमा कडाइका साथ प्रतिबन्ध लगाएको कारण मुम्बईमा रहेका नेपाली शुभचिन्तकले समेत भेट्न पाएका छैनन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved