पुरुषहरु किन तालुखुइले हुन्छन् ?

नेपालभ्युज

पुरुषहरु किन तालुखुइले हुन्छन् ?

एजेन्सी । शरीरमा प्रोटिनको कमी लगायतका विभिन्न कारणले तालु खुइलिने समस्या हुन्छ । शरीरमा पोषण तत्वको कमी एउटा कारण हो भने अन्य धेरै यस्ता कारण छन् जसले तालु खुइलिन्छ ।

जानौं अन्य कस्ता कारण छन् जसले गर्दा पुरुष तालु खुइले हुन्छन् ।

प्रोटिनको कमी

शरीरमा प्रोटिनको कमीले पनि तालु खुइले हुने गर्दछ । त्यसैले शरीरमा अन्य पोषक तत्वसँगै प्रोटिनको पनि कमी हुन दिनुहुँदैन । प्रोटिनले भरपूर खानेकुरामा जोड दिनुपर्छ ।

औषधीको प्रयोग

केही औषधीको साइड इफेक्टको रुपमा कपाल झर्ने हुन्छ । जसले गर्दा तालु खुइलने समस्या आउँछ । डिप्रेशन तथा रगत पातलो गराउन प्रयोग गरिने औषधीको असरले पनि कपाल झर्दछ र तालु खुइले हुन्छ ।

केमिकल भएका उत्पादनको प्रयोग

बजारमा कपाललाई सुन्दर बनाउने भन्दै विभिन्न सामग्री पाइन्छन् । जसमा कपाल तथा शरीरका लागि हानिकारक रासायनिक तत्व प्रयोग गरिएको हुन्छ । त्यस्ता उत्पादनको धेरै प्रयोगले पनि छिटै तालु खुइले हुने अध्ययनहरुमा देखिएको छ ।

वंशानुगत कारण

पुरुषहरुको तालु खुइलिनुका पछाडि वंशानुगत कारण पनि हुन सक्छ । कतिपयको बुवा तथा हजुरबुवा लगायत आफ्नो परिवारमा पहिलेदेखि त्यस्तो समस्या छ भने पनि कपाल छिटै झर्ने र तालु खुइले हुने समस्या हुन्छ ।

तालु खुइलिने अन्य कारण

  • किमोथेरापी जुन क्यान्सरको उपचारमा प्रयोग हुन्छ ।
  • अस्वस्थ खानपान
  • धेरै चुरोट तथा धुमपान सेवन गर्नु
  • कतिपय छालाको संक्रमणका कारण
  • अत्यधिक स्याम्पुको प्रयोग गर्नाले

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved