दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

नेपालभ्युज

दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेर ६५ रुपैयाँ पुर्‍याएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयसँगै किसानले अब प्रतिलिटर दूधको मूल्य ६५ रुपैयाँ पाउनेछन् ।

दूध उत्पादनमा किसानको लागत बढेको भन्दै कृषि मन्त्रालयले दूधको न्यूनतम मूल्य ६५ रूपैयाँ हुनेगरी प्रस्ताव लगेको थियो । सरकारको यो निर्णयसँगै दुग्ध विकास संस्थानले उपभोक्ताका लागि नयाँ मूल्य तोक्नेछ ।

यस अघि तत्कालीलन देउवा सरकारले २७ माघ २०७८ मा दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले वृद्धि गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved