मानवीय त्रुटिले ग्रीसमा रेल दुर्घटना भएको पुष्टिपछि हत्या आरोपमा स्टेशनमास्टर पक्राउ, मन्त्रीको राजीनामा

कम्तीमा ४३ जनाको ज्यान लिने गरी ग्रीसमा भएको रेल दुर्घटना ‘दुःखद मानवीय त्रुटि’का कारणले भएको भन्दै त्यहाँ यातायात मन्त्रीले राजीनामा दिएका छन्।
प्रधानमन्त्री कीरियाकोस मित्सोटाकिसले मंगलवार राति यात्रुवाहक र मालवाहक रेल ठोक्किएको घटनास्थलको भ्रमण गरेपछि मानवीय त्रुटि भएको बताए।

नेपालभ्युज

मानवीय त्रुटिले ग्रीसमा रेल दुर्घटना भएको पुष्टिपछि हत्या आरोपमा स्टेशनमास्टर पक्राउ, मन्त्रीको राजीनामा

काठमाडौं। कम्तीमा ४३ जनाको ज्यान लिने गरी ग्रीसमा भएको रेल दुर्घटना ‘दुःखद मानवीय त्रुटि’का कारणले भएको भन्दै त्यहाँ यातायात मन्त्रीले राजीनामा दिएका छन्।

प्रधानमन्त्री कीरियाकोस मित्सोटाकिसले मंगलवार राति यात्रुवाहक र मालवाहक रेल ठोक्किएको घटनास्थलको भ्रमण गरेपछि मानवीय त्रुटि भएको बताए।

स्थानीय स्टेशनमास्टरलाई हत्याको आरोप पक्राउ गरिएको छ। ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन्। उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई जारी राखेका छन्।

दुर्घटना मंगलवार मध्यरातअघि भएको हो। करिब ३५० यात्रु बोकेको यात्रुवाहक रेल लारिसा सहरबाट बाहिरिने क्रममा सुरुङबाट निस्कँदा मालवाहक रेलसँग ठोक्किएको थियो।

दुवै रेल एकै समय एउटै ट्र्याकमा किन चलिरहेका थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन। ‘सिग्नलिङ’को जिम्मेवारीमा रहेका स्टेशनमास्टरले आफ्नो गल्तीलाई अस्वीकार गर्दै सम्भावित प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताएका छन्।
ट्रेड युनियनहरूले कर्मचारीको अभाव, बिग्रिएको संकेत उपकरण र पुराना संरचनाहरूलगायतका कारण दुर्घटना भएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved