यूएई पीएनजीसँग हार्दा नेपाललाई फाइदा

नेपालभ्युज

यूएई पीएनजीसँग हार्दा नेपाललाई फाइदा

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यूगिनी पीएनजीले यूएईलाई पराजित गरेको छ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा पीएनजीले घरेलु टोलीलाई १३१ रनले पराजित गरेको हो। यूएईको पराजयले नेपाललाई फाइदा पुग्नेछ।

२६३ रन पछ्याएको यूएई ३४.२ ओभरमा १३१ रनमा अलआउट भयो । यूएईको लागि मुहम्मद वसिमले २४ र वृत्य अरविन्दले २३ रन जोडे।

पीएनजीको लागि च्याड सोपरले ५ र आसद भालाले १ विकेट लिए। सोपरले ८.३ ओभरमा कार्तिक मयप्पनलाई आउट गर्दै  फाइफर पुरा गरे।

पहिले ब्याटिङ गरेको पीएनजी ४९.१ ओभरमा २६२ रनमा अलआउट भयो । पीएनजीको लागि सेसे बाउले ७६ बलमा ५ चौका र १ छक्कासहित ७४ रन तथा टोनी उराले ४३ बलमा ८ चौका र १ छक्कासहित ५१ रन बनाए । यूएईको लागि भने कार्तिक मयप्पनले ४ र आर्यन लाक्राले ३ विकेट लिए।

पीएनजी ७ अंकसहित सातौँ स्थानमा छ। यूएई २९ अंकसहित पाँचौँ स्थानमा छ । नेपाल २८ अंकसहित छैँटौँ स्थानमा छ । बिहीबार नेपाल र यूएई आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved