पीएनजीले दियो यूएईलाई २६३ रनको लक्ष्य, सेसे र टोनीको अर्धशतक

नेपालभ्युज

पीएनजीले दियो यूएईलाई २६३ रनको लक्ष्य, सेसे र टोनीको अर्धशतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा पपुवा न्युगिनीले यूएईलाई २६३ रनको लक्ष्य दिएको छ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले ४९.१ ओभरमा २६२ रनमा अलआउट भएको हो।

पीएनजीको लागि सेसे बाउले ७६ बलमा ५ चौका र १ छक्कासहित ७४ रन तथा टोनी उराले ४३ बलमा ८ चौका र १ छक्कासहित ५१ रन बनाए।

यूएईको लागि भने कात्तिक मयप्पनले ४ र आर्यन लाक्राले ३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved