बागमती प्रदेशमा राप्रपाले सरकार छाड्ने

नेपालभ्युज

बागमती प्रदेशमा राप्रपाले सरकार छाड्ने

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै  राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकार छाड्ने घोषणा  गरेका  हुन्  ।

खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री समेत रहेका थापाले सरकारबाट अलग भएर अर्को बैठकबाट प्रतिपक्षमा बस्ने घोषणा गरे ।

राप्रपाले संविधान विपरीतका कुनै पनि कदम नचालेको दाबी गर्दै उनले संवैधानिक राजतन्त्र, वैद्धिक सनातन हिन्दु राष्ट्र निर्माण, संघीयता नभई एकात्मक राज्य व्यवस्थासहित सशक्त स्थानीय तह निर्माण आफ्नो एजेन्डा भएको  बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved