राप्रपा सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

नेपालभ्युज

राप्रपा सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट अलगिएको छ ।

शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले आफ्नो पार्टीले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।

राप्रपाले विज्ञप्तिमा उल्लेख गर्दै भनेको छ- ‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved