राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

नेपालभ्युज

राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ, जसका लागि आज मनोनयन दर्ता हुँदैछ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन् ।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । उम्मेदवारको सूची आज नै प्रकाशित हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved