जनार्दन शर्मा भन्छन्- रामचन्द्र पौडेल पक्कै राष्ट्रपति बन्लान्

नेपालभ्युज

जनार्दन शर्मा भन्छन्- रामचन्द्र पौडेल पक्कै राष्ट्रपति बन्लान्

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्नसक्ने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै उनले यस्तो बताएका हुन् । रामचन्द्र पौडेल राष्ट्रपति बन्ने हुन् ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘पक्कै त्यस्तै हुन्छ होला ।’

नेता पौडेलको नाममा राष्ट्रिय सहमति जुट्ने सम्भावना उच्च रहेको उनले बताए । साँझ ५ बजे पुराना गठबन्धनसम्बद्ध दलहरूको निर्णायक बैठक बस्दैछ ।

त्यहाँ सहमति जुट्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved