सांसद चौधरी र कोइरीले राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने

नेपालभ्युज

सांसद चौधरी र कोइरीले राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी र लक्ष्मी महतो कोइरीले राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी र कोइरी निलम्बित भएका कारण मतदाता सूचीमा उनीहरूको नाम समावेश थिएन ।

बिहीबार सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै उनको नाम मतादाता सूचीमा समावेश गरेर निर्वाचन आयोगमा अन्तिम नामावली प्रकाशन गरिने भएको छ

सांसद चौधरी अदालतको आदेश कार्यान्वयन गराउनका लागि गत माघ १९ गते पक्राउ परेका थिए । झन्डै १० वर्षअघि ट्याक्टरमा आगजनी गरेको घटनामा दोषी ठहर ६ महिना कैद र ८ लाख १९ हजार बिगो भराउनका लागि पक्राउ परेपछि उनी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका थिए ।

यस्तै, हत्या अभियोग लागेका एमाले सांसद कोइरीले पनि राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । महतो निलम्बनमा नपरेकोले उनको नाम पनि मतदाता सूचीमा समावेश रहेको छ ।

आयोगको कार्यतालिकामा आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ता  र उम्मेदवारको सूची प्रकाशन गर्ने, फागुन १४ गते उम्मेदवारको मनोनयनविरुद्ध उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गर्ने रहेको छ ।

यस्तै, फागुन १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यसूची रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved