चितवनमा सात महिनामा मरे १४ गैंडा

नेपालभ्युज

चितवनमा सात महिनामा मरे १४ गैंडा

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९–०८० मा १४ गैंडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैंडा मरेका हुन् । यो मंगलबारसम्मको तथ्यांक हो ।

निकुञ्जले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा चोरी सिकारीले तीन गैंडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी शिकारीले गैंडा मारेर छाडेका थिए ।

निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैंडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो । अन्य काल गतिले मरेका हुन् ।

सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर सात सय ५२ गैंडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय ९४ गैंडा छन् । चोरी सिकारीले गैंडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरु गरेको छ । यससँगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो बनाउँदै लगेको छ ।

गत आवमा निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैंडा मरेका थिए । निकुञ्ज क्षेत्रमा ३७ र वन क्षेत्रमा चार गैंडा मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा चोरी–सिकारीबाट दुई गैंडा मरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved