प्रकाशमानको दाबी- कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ

नेपालभ्युज

प्रकाशमानको दाबी- कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

शुक्रबार नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् । संसद्‌को पहिलो दल कांग्रेस नै भएकाले राष्ट्रपतिमा उसको दाबी स्वाभाविक भएको उल्लेख गर्दै उनले भने, ‘कांग्रेसबाटै उम्मेदवार बनाउने प्रयास गर्छौँ र कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्नुहुन्छ ।’

राष्ट्रपतिको विषयमा सत्ता गठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसदसमेत रहेका सिंहको यो दाबीलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफल गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर सरकारबाहिरै बसेको कांग्रेस राष्ट्रपतिको दाबीबाट भने बाहिरिएको छैन ।

उता सत्ता साझेदार दल नेकपा (एमाले) ले पनि राष्ट्रपति आफ्नो दलबाट हुनुपर्ने अडान दोहोर्‍याउँदै आएको छ । पुस १० गते सरकार निर्माणताका नै सहमति भएको उल्लेख गर्दै एमालेले आफूले सिफारिस गरेको व्यक्ति नै राष्ट्रपति बन्ने बताउँदै आएको छ ।

राष्ट्रपतीय निर्वाचनमा निर्णायक नेकपा (माओवादी केन्द्र) ले भने राष्ट्रिय सहमति खोजेर अगाडि बढ्ने बताउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved