रवि लामिछानेको पार्टीमा ४ सांसदले किन केन्द्रीय समितिमा स्थान पाएनन् ?

पूर्वमन्त्री खनाल,राज्यमन्त्री कार्की सहित सांसदहरु ढकाल र श्रेष्ठ छुटे

नेपालभ्युज

रवि लामिछानेको पार्टीमा ४ सांसदले किन केन्द्रीय समितिमा स्थान पाएनन् ?

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समिती विस्तार गरेको छ । यसअघिको २४ सदस्यीय केन्द्रीय समितिमा १६ जना थप गरी ४० जनाको केन्द्रीय समिति बनाइएको छ ।

सोमबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले १६ नेतालाई थप गरेको हो । तर,थपिएका १६ मा वर्तमान चार सांसद भने परेनन् ।

काठमाडौं ६ बाट निर्वाचित सांसद शिशिर खनाल, चितवन २ बाट निर्वाचित सांसद हरि ढकाल, ललितपुर ३ बाट निर्वाचित सांसद डाक्टर तोषिमा कार्की र काठमाडौं ८ बाट निर्वाचित सांसद बिराज भक्त श्रेष्ठ रास्वपाको केन्द्रिय समितीमा परेनन् । उनीहरूमध्ये खनाल निवर्तमान शिक्षामन्त्री र डा.तोषिमा कार्की निवर्तमान स्वास्थ्यराज्यमन्त्री हुन् ।

मंसिर ४ को निर्वाचनमा रास्वपाको घण्टी चिह्न लिएर प्रत्यक्ष जितेका यी चार सांसद केन्द्रीय समितिमा नपरेको बारे रास्वपाकै नेताहरू अचम्मित छन् ।

नागरिकता प्रकरणले सभापति रवि लामिछानेको मन्त्री र सांसद पद गुमेपछि पार्टीले देशव्यापी संगठन निर्माण अभियान तिब्र बनाउने गद्घोष गरेको छ । सो पार्टीमा लामिछाने सभापति, डीपी अर्याल उपसभापति, डा. मुकुल ढकाल महामन्त्री र कविन्द्र बुर्लाकोटी सह-महामन्त्री छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved