‘भ्यालेन्टाइन डे’ का लागि घरमै बन्नुहोस् सुन्दर

नेपालभ्युज

‘भ्यालेन्टाइन डे’ का लागि घरमै बन्नुहोस् सुन्दर

एजेन्सी । भ्यालेन्टाइन डेको अवसरमा यदि आफ्नो प्रेमीका साथमा डिनर वा कतै घुम्न जाँदै हुनुहुन्छ भने राम्री त बन्नै पर्यो । चमकदार अनुहार तथा छाला पाउनका लागि तपाईं घरमै अलिकति मेहनत गर्नुभयो भने स्क्रब, मास्क तथा क्लिन्जर बनाउन सक्नुहुन्छ ।

१. फेशियल स्क्रब

सुरुमा फेशियल स्क्रबको प्रयोग गर्नुहोस् । यसले छालामा रहेका मृत कोषिकाहरुलाई हटाउने काम गर्छ । घरमै स्क्रब बनाउनका लागि ओखरको पाउडर, एक चम्चा मह र दही मिसाउनुहोस् । उक्त मिश्रणलाई अनुहारमा लगाएर केहीबेर राख्ने र यसलाई विस्तारै हातले रगड्ने र सफा पानीले धुने ।

२. फलफूलको प्याक

फलफूलको प्याक छालामा चमक ल्याउनका लागि एकदमै राम्रो हुन्छ । यसलाई दिनहुँ पनि प्रयोग गर्न सकिन्छ । यसका लागि पाकेको मेवा र पाकेको केरालाई बराबर मात्रामा मिसाउने । साथै यसमा स्याउ पनि मिसाएर पेस्ट तयार गर्नुहोस् ।

उक्त मिश्रणमा दही अथवा कागती पनि मिसाउन सकिन्छ । यसलाई स्क्रबले सफा गरिसकेपछि अनुहारमा लगाउने र आधा घण्टाका लागि त्यत्तिकै राख्ने । त्यसपछि सफा पानीले धुन सकिन्छ ।

३. क्लिंजिंग मास्क

यसलाई बनाउनका लागि एक चम्चा दही, एक चम्चा मह, ३ चम्चा ओट्स तथा एक चम्चा कागतीको रस मिसाउनुहोस् । यसले छाला सफा हुन्छ र घामले आएको ट्यानिंग पनि जान्छ । यसलाई लगाएर आधा घण्टाका लागि छोडेर पानीले धुने । छाला कोमल तथा चमकदार हुन्छ ।

४. गुलाब जल आई प्याड

मास्क हटाइसकेपछि अनुहारलाई ताजगी महसुस गराउनका लागि कपासको सहायताले गुलाब जल लगाउनुहोस् । जसले खुलेको छिद्रहरुलाई बन्द गर्ने काम गर्छ ।

थाकेका आँखाहरुलाई रिफ्रेस गर्नका लागि कपासको प्याडमा गुलाब जल राखेर बन्द आँखामा १० मिनेट जति राख्नुहोस् । यसले आँखाको थकान कम गर्छ । गुलाबको बासनाले मनमा पनि शान्त प्रभाव पार्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved