प्रचण्ड नेतृत्वको सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्म : उपेन्द्र यादव

नेपालभ्युज

प्रचण्ड नेतृत्वको सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्म : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्मका लागि हुनसक्ने बताएका छन् ।

कपिलवस्तुमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै कमजोर भएकोले भरथेग होस् भनेर जसपाले समर्थन गरेको हो ।’ उनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधीहरुले सरकारलाई टिक्न दिने स्थिति नदेखिएको बताए ।

‘राष्ट्रपतिको निर्वाचनसम्म सरकार ढल्ने सम्भावना देखियो,’ यादवले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved