चितवन-२ मा उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

नेपालभ्युज

चितवन-२ मा उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको आज संसदीय दल र केन्द्रीय समितिको बैठक आज सोमबार बस्दैछ । बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।

बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा टुंगो लगाउनेछ । यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए ।

तर नागरिकता विवादका कारण अदालतले सांसदबाट निलम्बित हुने फैसला गरेसँगै सो क्षेत्रमा आउँदो वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved