विवेकशील साझाको महाधिवेशन सुरु

लोकतन्त्रलाई भत्काएर वैकल्पिक राजनीति हुँदैन– डा.भट्टराई

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि काठमाडौँकमा शुरु भएको छ। शनिवारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

नेपालभ्युज

विवेकशील साझाको महाधिवेशन सुरु

काठमाडौं। विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि काठमाडौँकमा शुरु भएको छ। शनिवारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतन्त्र भित्रै रहेर बैकल्पिक राजनीति गर्नुपर्ने बताए। लोकतन्त्रलाई खतरामा पार्ने वा ध्वंश गर्ने तरिकाले बैकल्पिक राजनीति गर्न नहुने भन्दै डा.भट्टराइले अबको २० वर्षभित्र नेपाललाई समृद्धिको शिखरमा पुर्याउने गरी राजनीति गर्नुपर्नेमा जोड दिए।

भट्टराईले लोकतन्त्रलाई भत्काएर वैकल्पिक राजनीति हुन नसक्ने पनि बताए। ‘वैकल्पिक राजनीतिको एजेन्डा समृद्धि र विकास हो’ उनले भने–‘लोकतन्त्रलाई जोगाएर अघि बढ्दा मात्रै समृद्धिको लक्ष्यमा पुगिन्छ।’

बैकल्पिक राजनीति गर्छु भन्नेहरु राजा ल्याउने भन्दै हिँडेको प्रति लक्षित गर्दै डा.भट्टराईले भने–‘लोकतन्त्र र संघियतालाई भत्काएर राजा ल्याउँछु भन्ने साथीहरू पनि वैकल्पिक भनिरहनुभएको छ तर त्यस्तो होइन, त्यो भ्रममा पर्नुहुँदैन।’

भट्टराईले यही लोकतन्त्रमा टेकेर अपूर्णतालाई पूर्ण बनाउँदै विगतका राम्रा कुरा सिकेर अघि बढ्न सके वैकल्पिक राजनीतिको भविष्य रहेको पनि बताए। लोकतन्त्रको जगमा नै सुशासन र समृद्धि हुने पनि उनको भनाई थियो।

नयाँ आएका पार्टीतर्फ इंगित गर्दै उनले पुराना पार्टीलाई गालिगलोज गरेर नभई आफ्ना गतिविधिलाई सुधार गर्दै जानुपर्ने बताए। उनले राजनीति भनेको अपजसे पेसा भएको भन्दै एक पटक लडे पनि धुलो टकटक्याएर अघि बढ्न सुझाव दिए।

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले आफूले पार्टी जोगाउने र ६ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखेको र त्यो पुरा भएको बताईन्। उनले पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टी नै सकाएर राप्रपाकरण गर्न खोजेकोमा गुनासो पनि गरिन ।

महाधिवेशनमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, एकीकृत समाजवादीका नेता घनश्याम भुषाल, जनमत पार्टीका अध्यक्ष डा.सिके राउत लगायतले शुभकामना दिएका थिए।

महाधिवेशनमा राजनीतिक केशव दाहालले राजनीतिक दस्तावेज तथा रमेश पौडेलले प्रस्तावित विधान पेश गरेका छन्। महाधिवेशन पछि विवेकशील साझा पार्टी बहुपदीय प्रणालीमा जाने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved