विवेकशील साझाको महाधिवेशन भोलि सुरु हुँदै, बाबुराम भट्टराईसहितका नेताले सम्बोधन गर्ने

नेपालभ्युज

विवेकशील साझाको महाधिवेशन भोलि सुरु हुँदै, बाबुराम भट्टराईसहितका नेताले सम्बोधन गर्ने

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशन दुई दिनसम्म चल्नेछ ।

उक्त पार्टीले दिएको जानकारी अनुसार उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतका नेताले सम्बोधन गर्नेछन् । नेता प्रकाशचन्द्र परियारका अनुसार महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउत,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल र माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टीका नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई भने महाधिवेशनमा बोलाइएको छैन ।

मिश्रले राजावादी दस्तावेज ल्याएपछि विवेकशील साझा विवादको भूमरीमा परेको थियो । मिश्र हाल राप्रपाका उपाध्यक्ष छन् । नेता मिलन पाण्डेले पहिलो महाधिवेशनले विवेकशील साझालाई गम्भीर र अनुभवसहितको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved