राप्रपाले गठन गर्‍यो डा.लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति

नेपालभ्युज

राप्रपाले गठन गर्‍यो डा.लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

पार्टीको विधानबमोजिम र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टीका पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा बुधबार केन्द्रीय निर्देशन समिति गठन गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पदेन सदस्य रहेको  १७ सदस्यीय समितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरु, वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, केन्द्रीय नेताहरू रामकुमार सुब्बा, जयन्त चन्द र उद्धव पौडेल सदस्य रहेका छन् ।

यस्तै  आमन्त्रित सदस्यमा कोषाध्यक्ष निलकण्ठ काफ्ले र ऋषिबाबु परियार रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved