नेम्वाङको प्रस्ताव- संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गरौं

 उपाध्यक्ष नेम्वाङले पत्रकारहरुले संसदको मूलगेटमा दौडिएर नेताहरुको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताए ।

नेपालभ्युज

नेम्वाङको प्रस्ताव- संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गरौं

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । संसद भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेर्साए जसरी क्यामेरा तेर्साएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियमनै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उपाध्यक्ष नेम्वाङको तर्क थियो ।

उनले सो कक्ष दलका नेताहरु, सांसदहरु र संघीय संसद सचिवालयका पदाधिकारीहरुलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने पनि स्मरण गराए। नेम्वाङले भने, ‘गेटभन्दा बाहिर  क्यामेराको स्टयान्ड लगाएर बन्दुक तेर्साएर बसेको जस्तो लाग्ने ।  पत्रकारहरु त्यो लिएर कुँदिरहनु पर्ने । अलि कस्तोकस्तो लाग्दो रहेछ ।’

‘प्रेस मिट रुम एउटा भव्य बनाउँ।जहाँ केही पर्‍यो भने माननीय सदस्यहरु, दलका नेताहरु पनि जानु हुन्छ । पत्रकार साथीहरु पनि त्यहाँ बस्नु हुन्छ । प्रवक्तालाई पनि सजिलो’, उनले भने,’त्यसकारण यो नियमावलीको महत्वपूर्ण पार्ट हुन्छ । एउटा नियम राखेर   भव्य व्यवस्था गरौं भन्ने आग्रह छ ।’

उपाध्यक्ष नेम्वाङले पत्रकारहरुले संसदको मूलगेटमा दौडिएर नेताहरुको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved