राष्ट्रियसभा उपनिर्वाचनमा दसौंदी विजयी

नेपालभ्युज

राष्ट्रियसभा उपनिर्वाचनमा दसौंदी विजयी

काठमाडौं। लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार कुमार दसौंदी विजयी विजयी भएका छन् ।

एमाले उम्मेद्वार दसौंदीलाई सत्ता गठबन्धनको समर्थन रहेकाले उनले ४ हजार २६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका  प्रतिस्पर्धी माधव आचार्यले ३७२० मतभार मात्र प्राप्त गरे ।

लुम्बिनी प्रदेशमा रहेका प्रदेश सभा सदस्य र पालिका प्रमुख, उपप्रमुख गरी ३ सय ५ मतदातामध्ये ३ सय ४ जनाले मतदान गरेका थिए । रुपन्देहीको मर्चाबारी गाउँपालिकाकी उपाध्यक्ष भारतमा रहेकाले उनको मत खसेन ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त सिट रिक्त थियो । यद्यपि, भट्टराईले चुनाव जितेनन् ।

उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेबाट कुमार दसौंदी, नेपाली कांग्रेसबाट माधव आचार्य र नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved