मधेस प्रदेश सरकारमा माओवादीका एक मन्त्री र एक राज्यमन्त्री बन्दै

नेपालभ्युज

मधेस प्रदेश सरकारमा माओवादीका एक मन्त्री र एक राज्यमन्त्री बन्दै

जनकपुर। मधेस प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । आज मंगलबार हुन लागेको मन्त्रिपरिषद् विस्तामा नेकपा माओवादी केन्द्रका २ जना मन्त्री सहभागी हुने भएका हुन्  ।

माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रासद साहले बताए ।

प्रदेश सरकारमा उद्योग पर्यटन तथा वनमन्त्रीमा माओवादीकी सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई मंगलबार १ बजे शपथ गराउने सहमति भएको साहले बताए । यसअघि माओवादीले सरकारमा दुई मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडान राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved