टर्की र सिरियामा भूकम्पका कारण ४५ सय जनाको ज्यान गयो, एक हप्तासम्म राष्ट्रिय शोकको घोषणा

दुवै देशमा गरेर ज्यान गुमाउनेको संख्या ४५ सय जना पुगेको र १६ हजार भन्दा धेरै घाइते भएको सीएनएनले जनाएको छ ।

नेपालभ्युज

टर्की र सिरियामा भूकम्पका कारण ४५ सय जनाको ज्यान गयो, एक हप्तासम्म राष्ट्रिय शोकको घोषणा
तश्वीर : एपी

एजेन्सी। टर्की र सिरियामा  भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४५ सय जना पुगेको छ ।  दुवै देशमा गरेर ज्यान गुमाउनेको संख्या ४५ सय जना पुगेको र १६ हजार भन्दा धेरै घाइते भएको सीएनएनले जनाएको छ । टर्कीले एक हप्ते राष्ट्रिय संकटकालको घोषणा गरेको छ ।

उद्दारकर्ताले रातभर पनि खोजी कार्य जारी राखेका छन् । अहिले उज्यालो भएपछि खोजी र उद्दारले तिव्रता पाएको छ ।  दुवै देशमा रातभर मानिसहरु सडकमा जाग्राम बसेका थिए । भूकम्पका कारण टर्की र सिरियाका कयौँ सहर खण्डहर बनेका छन् ।

अमेरिका, बेलायत, जर्मनी लगायतका देशबाट उद्दारकर्ता र राहत सामग्री दुवै देशमा पुग्न थालेका छन् ।  डाक्टर विथाउट बोर्डर नामको संस्थाले टर्की र सिरियामा सयौँ डाक्टर खटाउने घोषणा गरेको छ ।

टर्कीमा सोमबार विहान ७.८ म्याग्निच्युडको र दिउँसो ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण टर्की र सिरियामा ठूलो क्षति भएको हो । सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरको पूरै क्षेत्रलाई कम्पन गर्नेगरी भूकम्प गएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved