स्वास्थ्यमा कुनै कम्प्रमाइज नगर्नुस् : राज्यमन्त्री कार्की

नेपालभ्युज

स्वास्थ्यमा कुनै कम्प्रमाइज नगर्नुस् : राज्यमन्त्री कार्की

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढङ्गले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरूको बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन् ।

मङ्गलबार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो दिएकी हुन् ।

उनले फार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरू बजारमा आउनु भन्दाअघि डीडीएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनुपर्ने व्यवस्था गर्न आवश्यक भएको बताइन् ।

उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरूको आफूखुसी प्रयोग हुने र औषधिहरू पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन् ।

नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु नहुने उनको भनाइ छ । देशभित्रै औषधीहरूको उत्पादन हुने प्रबल सम्भावना रहेकाले त्यससम्बन्धी खोज र अनुसन्धान अघि बढाउन उनले आग्रह गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved