प्रधानमन्त्रीले भने- मन्त्रीहरूले संघीयता खारेज हुनुपर्छ भनेर बोलेमा स्पष्टीकरण लिन्छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूलाई ‘संघीयता खारेज हुनुपर्छ’ भनेर बोल्ने अधिकार नभएको बताएका छन् ।

नेपालभ्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूलाई ‘संघीयता खारेज हुनुपर्छ’ भनेर बोल्ने अधिकार नभएको बताएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मन्त्रिपरिषद्‌भन्दा बाहिर बसेर आफ्नो दलका बारेमा, आफ्नो दलले अवलम्बन गरेको राजनीतिक सिद्धान्तबारे बोल्ने अधिकार छ । तर, मन्त्रिपरिषद्‌भित्रै बसेरचाहिँ संघीयता खारेज हुनुपर्छ भनेर बोल्न पाइँदैन,’ उनले भने ।

त्यसअघि उनले भने, ‘एकजना मान्यले भन्नुभयो, मेरै क्याबिनेटका एकजना मन्त्रीले संघीयता खारेज हुनुपर्छ भनेर बोल्नुभयो भनेर । मलाई त यसबारे आधिकारिक जानकारी छैन । तर, यो स्पष्टीकरणको विषय हुन्छ ।’

सरकारमा ‘संघीयता चाहिँदैन’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू पनि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved