निर्मला कुर्मीको न्याय लागि प्रदर्शन गरिरहेका रुबी खानसहितका प्रदर्शनकारी पक्राउ

नेपालभ्युज

निर्मला कुर्मीको न्याय लागि प्रदर्शन गरिरहेका रुबी खानसहितका प्रदर्शनकारी पक्राउ

काठमाडौं। बाँकेकी निर्मला कुर्मीको न्यायका लागि उचित छानबिन गरी दोषीलाई कारबाहीको माग राखेर प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मी पक्राउ परेका छन् ।

बबरमहल अगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका अधिकारकर्मीलाई पक्राउ गरिएको हो। काठमाडौं जिल्ला अदालत अगाडिबाट रुबी खानसहित ७ जना पक्राउ परेको बताइएको छ। अहिले उनीहरूलाई सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

२०७६ चैत १४ मा भारतमा निर्मलाको शंकास्पद मृत्यु भएपछि उनीहरू निरन्तर आन्दोलनमा छन् । तर, सरकारी छानबिन समिति, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरे पनि अहिलेसम्म अपराधीलाई समात्न सकेको छैन ।

मुख्य आरोपित रहेका कांग्रेस नेता बादशाह कुर्मी हालै बाँके–३ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

आन्दोलनलाई नेतत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खान न्यायका लागि जति भौतारिँदा पनि कसैले आवाज नसुनेकोमा गुनासो गर्छिन् । गृहमन्त्री रवि लामिछाने केही दिनअघि माइतीघरमै प्रदर्शनकारीहरूलाई भेट्न आए पनि आफ्ना कुरा मात्रै सुनाएर हिँडेको भन्दै प्रदर्शनकारीहरू थप असन्तुष्ट देखिएका छन् ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved