सेयर बजारमा दोहोरो अंकले गिरावट

नेपालभ्युज

काठमाडाैं। साेमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.०५ अंकले घटेर ४१४.०१ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५८ कम्पनीको १० करोड ७५ लाख ९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन, ३ अर्ब ८६ करोडमाथिको कारोबार भएको छ । सोमबार ४१ कम्पनीको सेयर मूल्य बढेको छ, भने १६६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved