नेप्सेको कारबाहीसँगै नेसनल माइक्रोफाइनान्सको सम्पूर्ण सेयर कारोबार रोक्का

नेपालभ्युज

नेप्सेको कारबाहीसँगै नेसनल माइक्रोफाइनान्सको सम्पूर्ण सेयर कारोबार रोक्का

काठमाडौं। नेसनल माइक्रोफाइनान्स लघुवित्त नेप्सेको कारबाहीमा परेको छ । सेयर मूल्यमा प्रभाव पार्नेगरी कम्पनीले गतिविधि गरेको भन्दै नेप्सेले माइक्रोफाइनान्समाथि कारबाही गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीको सम्पूर्ण सेयर कारोबार रोक्का गरेको छ । माइक्रोफाइनान्सले सोमबार सञ्चालक समितिको बैठक राखी प्रस्ताव गरेको गत आर्थिक वर्षको लाभांशको व्यहोरापत्र सोही दिन नै नेप्सेमा पठाएको थियो । तथापि, कारोबार समयमा नै पत्र पठाइएपछि नेप्सेले कम्पनीमाथि कारबाही गरेको हो ।

नेप्सेमा सूचीकृत संगठित संस्थाले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम २२(१) मा भएको व्यवस्थाअनुसार मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ । तर, माइक्रोफाइनान्सले कारोबार चलिरहेकै समयमा पत्र पठाएकाले विनियमावली अनुसार कारबाही गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले  तीन दिनभित्र के कारणले समयमा नै जानकारी उपलब्ध गराउन नसकिएको हो, सो समेत खुलाउन कम्पनीसँग स्पष्टीकरण सोधेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved