प्रमुख प्रतिपक्षी दलको सुविधा मागसहित संघीय संसद् सचिवालयमा कांग्रेसको निवेदन

नेपालभ्युज

प्रमुख प्रतिपक्षी दलको सुविधा मागसहित संघीय संसद् सचिवालयमा कांग्रेसको निवेदन
फाइल तश्वीर

काठमाडौं। नेपाली कांग्रेसले आफ्नो दल प्रमुख प्रतिपक्षी दल भएको दाबी गर्दै पाउनुपर्ने सेवा सुविधा माग गर्दैसंघीय संसद सचिवालयमा निवेदन दिएको छ ।

संघीय संसद सचिवालयका अधिकारीहरूका अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवा सुविधा माग गरेको हो ।

यता, नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै आफूलाई विपक्षी दलको मान्यताका लागि यसअघि नै सभामुखलाई नै निवेदन दिइसकेको छ ।

 प्रमुख प्रतिपक्षीलाई के-के सेवा सुविधा हुन्छ ?

संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐन अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्दछ ।

प्रमुख विपक्षी दलको नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा अन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा बापत्त मासिक २५ हजार ६०८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्डघर, सवारीका लागि इन्धर सुविधा, मोविल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बिमा लगायतका सुविधा प्राप्त हुन्छ ।

विपक्षी दलको नेतालाई स्वकीय सचिव, कम्युटर अप्रेटर, कार्यालय सहयोगी र सवारी चालक दुई/दुई जना, सैनिक प्रहरी जवान सिपाही १० जना, विल्लादार गार्ड र अंग रक्षक एक/एक जना दिइन्छ । अतिथि सत्कार खर्च, कार्यालयमा कम्युटर सहितका सामग्री, दुई वटा साइकल सुविधा पनि विपक्षी दलको नेताले प्राप्त गर्दछ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved