काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैको अड्डा राख्न नदिइने बताएका छन् । शुक्रबार पार्टीको परराष्ट्र विभागले आयोजना गरेको ‘नेपालको विदेश नीति तथा अन्तराष्ट्रिय सम्बन्ध’ विषयक दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो देशमा कसैका सैनिक अड्डा राख्न दिँदैनौँ । कुनै प्रकारका सैनिक गतिविधिहरू वा त्यस्ता अड्डाहरू हाम्रो देशमा राख्न दिँदैनौँ ।’
त्यसअघि उनले भने, ‘हामी हाम्रा छिमेकीहरूका लागि असल छिमेकी हुन चाहन्छौँ । उनीहरूको कुभलो गर्दैनौँ । बिल्कुलै कुभलो नगरी छिमेकीहरूसँग भलो चिताएर, सहयोग पुर्याएर, चासो र चिन्तालाई समेत सम्बोधन गरेर अघि जान्छौँ ।’
ओलीले पञ्चशीलका सिद्धान्तका आधारमा परराष्ट्र नीतिप्रति नेपाल पनि प्रतिबद्ध रहेको भन्दै कतिपय देशहरूले अपनाउने परराष्ट्र नीतिका कारण विलय हुनुपरेको स्मरण गराए ।
Facebook Comment
Comment