सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित

नेपालभ्युज

सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित
फाइल फोटो

काठमाडौं। प्रतिनिधि सभाको सभामुखमा सत्ता साझेदार दलका तर्फबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ ।

एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङले बताए ।

झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलका तर्फबाट सभामुखको उम्मेदवार बनाउन लागिएको हो ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच राष्ट्रपति एमालेले पाँच वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति भएको थियो ।

सहमति अनुसार माओवादीबाट प्रधानमन्त्री भइसकेकाले सभामुखमा पहिलो कार्यकाल एमालेले लिनेगरी घिमिरेलाई उम्मेदवार बनाउन लागिएको हो ।

यसअघि, एमालेबाट सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईले आकांक्षा राखे पनि एमाले अध्यक्ष ओलीले घिमिरेलाई अगाडी सारेका हुन् ।

अध्यक्ष ओलीले घिमिरेलाई सभामुख बनाउने तयारी गरेको यसअघि नै नेपाल भ्युजले  खुलासा गरेको थियो ।

सभामुखमा एमालेका तीन दाबेदार, झापाका घिमिरेलाई बनाउने अध्यक्ष ओलीको योजना !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved