सुदूरपश्चिम : सभामुखमा भीम भण्डारी निर्वाचित

नेपालभ्युज

सुदूरपश्चिम : सभामुखमा भीम भण्डारी  निर्वाचित

धनगढी।  सुदूरपश्चिम प्रदेशको सभामुखखमा माओवादी केन्द्रका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । भण्डारी तेस्रो पटक गरिएको निर्वाचनमा प्रदेशको सभामुखमा निर्वाचित भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उनी सभामुखमा निर्वाचित भएका प्रदेश सभा सचिवालयले जनाएको छ । ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा भण्डारीले २९ र नेपाली कांग्रेसका मान बहादुर रावलले २३ मत पाएका थिए ।

भण्डारीले सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भईसकेपछि सवै लाई धन्यावाद दिँदै आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्मपन गर्ने बताए । उनले संघीयता प्रतिको वितृष्णा कम गर्ने आफूले भूमिका खेल्ने जानकारी दिए । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।

२८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन । ३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी थिइन् । सुदूरपश्चिममा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved