लोसपा पनि सरकारमा जान तयार

नेपालभ्युज

लोसपा पनि सरकारमा जान तयार

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जान तयार भएको छ।

सरकारलाई विश्वासको मत दिएपछि आफूहरू पनि सत्तापक्षकै भएकाले सरकारमा जान तयार भएको लोसपाले बताएको हो । सरकारमा सहभागी हुने विषयमा पार्टी अध्यक्ष अहिले छलफलमा रहेको लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए।

उनले भने, ‘हाम्रो पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारलाई समर्थन गर्ने र सहभागी हुने निर्णय गर्ने अधिकार अध्यक्षज्युलाई नै दिएका थियौं। उहाँले भनेपछि विश्वासको मत दिएका हौं।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पनि आफूहरूलाई सरकारमा आउन प्रस्ताव आएको बताए। सरकारले ल्याएको नीति तथा कार्यक्रममा आफ्ना केही एजेण्डा समावेश भएपछि विश्वासको मत दिएको उनको भनाइ छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved