बागमती सरकारको पहिलो निर्णय : मन्त्रालय घटाउन कार्यदल

बागमती सरकारको पहिलो निर्णय : मन्त्रालय घटाउन कार्यदल

हेटौंडा। बागमती प्रदेश सरकारको पहिलो क्याबिनेट बैठक सम्पन्न भएको छ । पदभार ग्रहणपछि बसेको बैठकले बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया र विनाविभागीय मन्त्री उद्धव थापासहित बसेको बैठकले बागमती प्रदेशमा उपयुक्त मन्त्रालयको संख्या सिफारिस गर्न कार्यदललाई १५ दिनको समय दिएको छ ।

पाँच सदस्यीय उक्त कार्यदलमा आर्थिक मामला तथा योजना सचिव, आन्तरिक मामिला तथा कानुन सचिव, मुख्यमन्त्री कार्यालयका कानुन सचिव र मुख्यमन्त्री कार्यालयका प्रशासन महाशाखा सचिव रहने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले बताए ।

संघीय समपूरक र विशेष अनुदानका लागि राष्ट्रिय योजना आयोगमा योजनाहरू प्रस्तुत गर्ने सम्बन्धमा निर्णय गरिएको उनले बताए । त्यस्तै, प्रदेश सरकारको लागि जग्गा प्राप्त गर्न मुख्यमन्त्री कार्यालयको सचिवको सम्पर्क व्यक्तिको रूपमा रहेर विशेष पहल गरिने निर्णय भएको थपलियाले बताए । आर्थिक मामिला तथा योजना मन्त्रीलाई बागमती सरकारको प्रवक्तामा नियुक्त गरिएको निर्णय भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved