दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ५ अर्ब नाघ्यो

नेपालभ्युज

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।

बुधबार करिब ६५ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से बिहीबार पनि १७.९२ अंक (०.८४ प्रतिशत) ले वृद्धि भएर २१४३.७६ अंकमा बन्द भएको छ ।

बिहीबार बैंकिङ उपसमूह ०.३१ प्रतिशत र अन्य उपसमूह ०.८७ प्रतिशतले गिवाट हुँदा होटल तथा पर्यटन उपसमूह ५.७५ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार नेप्सेमा कुल ५ अर्ब ४ करोड ७ लाख ४१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको मात्रै ४३ करोड १९ लाख ६७ हजारको कारोबार भएको छ । यस्तै रिडी पावरको २१ करोड ४१ लाख ८ हजार र हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७९ हजारको कारोबार भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved