कमेन्टेटर सचिन भन्छन्- ‘नेपाल टी–२० लिगबारे सीआईबीलाई जानकारी गराएको छु’

बिहीबार सचिनले सामाजिक सञ्जाल फेसबुकमा २ दिन अगाडि नै आफूले विभागलाई आफुसँग भएको जानकारी बुझाएको उल्लेख गरेका हुन्।

नेपालभ्युज

कमेन्टेटर सचिन भन्छन्- ‘नेपाल टी–२० लिगबारे सीआईबीलाई जानकारी गराएको छु’

काठमाडौं। नेपाल टी–२० लिगका कमेन्टेटर सचिन तिमल्सिनाले आफूले केन्द्रीय अनुसन्धान विभाग सीआईबीलाई अपराधजन्य गतिविधिको जानकारी गराएको जनाएका छन्।

बिहीबार सचिनले सामाजिक सञ्जाल फेसबुकमा २ दिन अगाडि नै आफूले विभागलाई आफूसँग भएको जानकारी बुझाएको उल्लेख गरेका हुन्।

 

उनले भिडियो पोस्टमा सिद्धान्त लोहनीको ब्याटिङको ओभरलाई उल्लेख गरेको प्रस्टाएका छन्। साथै, सो भिडियोमार्फत भएको गलतफैमी र सिद्धान्तलाई पर्न गएको असरप्रति दुःख व्यक्त गरेका छन्। न्याय प्रणाली प्रति उनले विश्वास पनि व्यक्त गरेका छन्।

उनले मंगलबार आफ्नो फेसबुकमा भिडियोमार्फत आफू लिगबाट बाहिरिएको तथा लिगमा ‘स्पट फिक्सिङ’ र ‘बेटिङ’ को आशंका व्यक्त गरेका थिए।

यो पनि पढ्नुहोसः

नेपाल टी–२० लिग विवाद : नेपाली क्रिकेटको साखमा पुगेको क्षति

विवादै विवादको घेरामा नेपाल टी-२० लिग, क्यान भन्छ खेलाडीलाई मर्कामा पार्दैनौ

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved