मन्त्रालय फुटाउने हल्ला नपत्याइदिनुहोलाः प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

मन्त्रालय फुटाउने हल्ला नपत्याइदिनुहोलाः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय फुटाउने हल्ला नपत्याइदिन सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् ।

बुधबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मन्त्रालय फुटाउने चर्चालाई हल्लाको संज्ञा दिएका हुन् ।

‘धेरैको चित्त बुझाउनुपर्ने बाध्यता त छ नै, तर त्यसका लागि गलत थिति बसाल्न हुँदैन भन्नेमा म छु,’ प्रचण्डको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘हल्लाहरु सुनेर नपत्याइदिनुहोला ।’

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालय नफुटाउन सचेत गराएका थिए । बैठकमा सरकारको साझा कार्यक्रम लगायतका विषयमा छलफल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved