राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा प्रधानमन्त्रीले गरे आयोगसँग छलफल

नेपालभ्युज

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा प्रधानमन्त्रीले गरे आयोगसँग छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्नेबारे छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरूबीच छलफल गरेर निष्कर्षमा पुग्ने बताएका थिए ।

सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवादसमेत दिएका थिए ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित थिए ।

बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूले निर्वाचन आयोगको कामकारबाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved