कांग्रेसप्रति ओलीको टिप्पणी- राजनीतिमा फउल खेल्नेलाई रेडकार्ड दिएर आउट गर्नुपर्छ

‘राजनीतिमा पनि फउल खेल्न हुँदैन। एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फल नगरी खेल्नुपर्छ’ ओलीले भने।

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजनीतिमा धेरै ‘फाउल’ खेलेकाले रेडकार्ड दिएको टिप्पणी गरेका छन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले ‘फाउल’ खेल्नेलाई राजनीतिमा पनि रेडकार्ड दिइने बताए।

पाँचदलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको प्रसंगलाई उनले संकेत गर्दै उनले कांग्रेसप्रति टिप्पणी गरेका हुन्। ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन। एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फल नगरी खेल्नुपर्छ’ ओलीले भने।

तत्कालीन सत्ता गठबन्धनको माओवादीलाई एमालेले आफ्नो गठबन्धनमा ल्याएको छ। प्रधानमन्त्री प्रचण्ड बनेका छन्। पहिलो दल कांग्रेस सत्ता बाहिर पुगेको छ। सबै प्रदेशमा सरकार गुमाउने अवस्थामा छ। कार्यक्रममा यसैलाई लक्षित गर्दै ओलीले कांग्रेसप्रति टिप्पणी गरे।

एमाले नेतृत्वको सत्ता गठबन्धनमा सात दल छन्। ८ जना मात्रै छन्। मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। ओलीले अहिले खेलकूदमन्त्री नभएको र केही दिनपछि मन्त्रिपरिषद् विस्तार हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved