पार्टीका संघीय सांसदबाट २ लाख ८० हजार रुपैयाँ लेवी उठाउने राप्रपाको निर्णय

नेपालभ्युज

पार्टीका संघीय सांसदबाट २ लाख ८० हजार रुपैयाँ लेवी उठाउने राप्रपाको निर्णय

काठमाडौं। राप्रपाले पार्टीका संघीय सांसदहरूबाट संघीय सांसदबाट २ लाख ८० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरूबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार प्रदेशको हकमा भने १० देखि १५ हजारसम्म उठाउने गरी निर्णय भएको छ । प्रदेशमा प्राप्त हुने सेवा सुविधाको आधारमा प्रदेशले सो सीमामा रहेर लेवी तोक्ने गरी निर्णय भएको हो ।

प्रतिनिधिसभामा राप्रपाको १४ सांसद रहेका छन् भने प्रदेशमा २८ सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved