फुटेका ओंठ मुलायम बनाउने टिप्स

नेपालभ्युज

फुटेका ओंठ मुलायम बनाउने टिप्स

एजेन्सी । एउटा सुन्दर मुस्कानले तपाईको पर्सनालिटीमा निखार ल्याउँछ । तर फुटेका ओंठमा यस्तो मुस्कान सम्भव छ त ? यदी दिनमा २ मिनेट मात्र आफ्नो ओंठको लागि दिनुभयो भने तपाईको पर्सनालिटी कैयौं गुणा बढ्छ ।

ओंठ फुट्नुका कारण धेरै छन् । लामो समय एसीमा बस्नु, पानी कम पिउनु, मसालेदार खाना, घाममा बस्नु, चिसो र रुखो हावामा जानु, ज्यादा चिया तथा कफी पिउनु तथा धेरै औषधी सेवन जस्ता कारण हुन सक्छन् ।

समयमै यसको उपचार नगरिए धेरै फाटेर रगत समेत आउँछ ।

ओंठ मुलायम बनाउने टिप्स

  •  सुपरफुड जस्तो ब्लूबेरीयुक्त लिप बमको प्रयोग गर्नुहोस् । ब्लूबेरी एन्टीअक्सीडेन्ट गुणले भरिएको हुन्छ, जसले ओंठलाई जवान बनाइराख्न मद्दत गर्छ ।
  • फुटेको ओंठको मृत छाला हटाउनको लागि नरिवलको तेल र चिनी मिसाएर एकछिन मसाज गर्नुहोस् । सफा पानीले धुनुहोस् र ओंठमा लिप बम लगाउनुहोस् ।
  • गुलाब जल र ग्लिसिरिन पनि लाभदायक हुन्छन् । गुलाब जलको प्रयोगले तपाईको ओंठमा हल्का गुलाबी रंग दिन्छ भने ग्लिसरीनले मरेको छालालाई हटाएर ओंठलाई कोमल बनाउँछ ।
  • जोजोबा तेलमा ब्राउन सुगर मिसाएर ओंठमा हल्का हातले ३–४ मिनेट मसाज गर्नुहोस् ।
  • ग्रीन टी तेल एन्टीअक्सीडेन्ट गुणले भरपुर हुन्छ, जसले ओंठलाई चमकदार बनाउँछ । फुटेको ओंठको लागि यो एकदमै प्रभावकारी हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved