सरकारी चिकित्सकलाई निजीमा जान रोक्छु : डा. सन्तोष पौडेल

नेपालभ्युज

सरकारी चिकित्सकलाई निजीमा जान रोक्छु : डा. सन्तोष पौडेल

काठमाडौं। नेपाल चिकित्सक संघको अध्यक्ष पदका उम्मेदवार डा.सन्तोष पौडेलले सरकारी अस्पतालका प्रमुखहरूले निजी अस्पतालमा काम गर्न नहुने बताएका छन् ।

पेशागत समावेशी समूहको अवधारणा पत्र सार्वजनिक कार्यक्रममा डा. पौडेलले यस्तो बताएका हुन् । सरकारी अस्पताल वा स्वास्थ्य संस्थाका चिकित्सकहरू ले निजी अस्पतालमा आउने बिरामीलाई धेरै समय दिने गरेको गुनासोको सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा पनि “सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी एक मात्र स्वास्थ्य संस्थामा रहने अवधारणालाई सबै सरकारी स्वास्थ्य संस्थाहरूमा क्रमशः लागू गरिनेछ भन्ने व्यवस्थाअनुसार संस्था प्रमुखको निरन्तर निगरानीमा संस्थाहरूको कार्य सम्पादनमा व्यापक सुधार गरिने’ उल्लेख छ।

तर, चिकित्सकहरू भने सरकारीमा भन्दा निजीमा बढी केन्द्रित हुने गरेको गुनासो आइरहेको छ । पेशागत समूहले चिकित्सकहरूको हकहितका लागि विभिन्न ७ वटा एजेन्डालाई अगाडि सारेका छन् ।

जसमा विशिष्टीकृत चिकित्सा सेवाका लागि छुटै चिकित्सक ऐन,पढाइमा सधैं अब्बल, कमाइमा कहिले हुने सबल,सबै डाक्टरहरूलाई रोजगारी, वैज्ञानिक ड्युटी आवर,अनिवार्य फोर्स लिभ,एक चिकित्सक, एक स्वास्थ्य संस्था, चिकित्सा शिक्षा, सुधार र रोजगारी अवसर तथा संघीयता कार्यान्वयनको आधार नेपाल चिकित्सक संघ सुधार जस्ता एजेन्डाहरू रहेका छन् ।

मतदान माघमा हुँदैछ । उपत्यका बाहिर माघ ६ र ७ गते हुने छ भने काठमाडौं उपत्यकामा माघ १९, २० र २१ गते हुनेछ ।

संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सह-कोषाध्यक्ष र ६ सदस्य गरी १९ पदका लागि चुनाव हुँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved