बिदा हुँदै निवर्तमान स्वास्थ्यमन्त्री खापुङले भने, ‘कार्यकाल उपलब्धिमूलक रह्यो’

नेपालभ्युज

बिदा हुँदै निवर्तमान स्वास्थ्यमन्त्री खापुङले भने, ‘कार्यकाल उपलब्धिमूलक रह्यो’

काठमाडौं। निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकाल उपलब्धिमूलक भएको दाबी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा भएको बिदाइ कार्यक्रममा नयाँ कामको सुरुवात नभए पनि पुराना कार्यक्रमहरूको निरन्तरता उपलब्धिमूलक भएको दाबी गरेका हुन् ।

उनले भने ‘मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि पुराना कामको निरन्तरता उपलब्धिमूलक भएको छ’

उनले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माणमा, कोभिड–१९, हैजा र डेङ्गु महामारी रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तार भएका उपलब्धि महत्त्वपूर्ण भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved