देवप्रसाद गुरुङलाई प्रश्न- माओवादी केन्द्रले प्रधानमन्त्री नपाए के गर्छ ?

'सरकारमै नजान पनि सकिन्छ'

माओवादी केन्द्रले प्रधानमन्त्री नपाए के गर्छ ? भन्ने जिज्ञासामा उनले भनेका छन्, ‘संवैधानिकरूपमा जे व्यवस्था छ, त्यही गर्छ ।’

नेपालभ्युज

देवप्रसाद गुरुङलाई प्रश्न- माओवादी केन्द्रले प्रधानमन्त्री नपाए के गर्छ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री नछाड्ने दाबी दोहोर्‍याएको छ । ‘माओवादी केन्द्रले प्रधानमन्त्री नै लिने हो, त्यसको कारण छ,’ नेपलाभ्यूजसँग माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले भनेका छन् ।

बृहत् शान्ति सम्झौताको पहलकर्ता र हस्ताक्षरकर्ता भएको र स्वाभाविकरूपमा त्यसको पूर्ण कार्यान्वयनको जिम्मा पनि माओवादी केन्द्रले नै लिनुपर्ने भएकाले आफूहरूले नै सरकारको नेतृत्व पाउनुपर्ने भनाइ उनको छ । ‘सरकारको नेतृत्व लिएको खण्डमा मात्रै ती कामहरू सम्पन्न हुन सक्छन्,’ उनले भनेका छन् ।

माओवादी केन्द्रले प्रधानमन्त्री नपाए के गर्छ ? भन्ने जिज्ञासामा उनले भनेका छन्, ‘संवैधानिकरूपमा जे व्यवस्था छ, त्यही गर्छ ।’

संसद्‌लाई अकालमै मर्न नदिनका लागि माओवादी केन्द्रले सकेसम्म पहल गर्ने भनाइ महासचिव गुरुङको छ । त्यसका लागि समीकरण बदलिन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘संसद्लाई अकालमै मर्न नदिनका लागि त कोलिसन नै बदल्न परेपनि त बदल्नुपर्‍यो नि ! यत्तिकै छाड्ने कुरा रहेन ।’

त्यसो त माओवादी केन्द्रलाई संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) ले पनि सत्ता-सहकार्यका लागि प्रस्ताव गरिरहेको छ । वर्तमान गठबन्धन भत्काउन प्रयासरत एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै प्रधानमन्त्री दिनेगरी प्रस्ताव गरेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘एमालेले प्रधानमन्त्री दिएरै सत्ता-सहकार्य गर्ने भनेको थियो । तर, अध्यक्ष कमरेडले त्यसलाई कम प्राथमिकतामा राख्नुभएको छ । अब पुन:विचार हुनसक्छ ।’

उसो त महासचिव गुरङ पनि एमालेसँगै पनि नयाँ समीकरण हुनसक्ने बताउँछन् । ‘संविधान र संसद्को रक्षाका लागि नयाँ समीकरणा बनाउनुपर्ने हुनसक्छ । त्यो एमाले नै पनि हुनसक्छ,’ उलने भने, ‘एमाले नहुने भन्ने त कतै पनि छैन ।’

जसै— माओवादी केन्द्रका नेताहरूले सरकारको नेतृत्व नपाए आफूहरू सरकारमै नजाने बताइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved