सत्ता गठबन्धनको बैठक बस्दै, वार कि पार हुने नेताहरूको दाबी

गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत भएपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा चर्को विवाद छ ।

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक बस्दै, वार कि पार हुने नेताहरूको दाबी

काठमाडौं।  नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बैठक बस्दैछ ।

बिहान १० बजेपछि बालुवाटारमा बस्ने बैठकमा अहिलेको गठबन्धन अघि जाने कि टुट्ने भन्ने विषयमा निर्णय हुने नेताहरुले बताएका छन् । नयाँ सरकारको नेतृत्व कस्ले गर्ने भनेर दलहरुबीच विवाद छ । सरकारको नेतृत्व नपाएमा कांग्रेससँगको सहकार्य तोड्नुपर्ने माओवादीका नेताहरुले बताइसकेका छन् ।

गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत भएपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा चर्को विवाद छ ।

सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको दाबी पेश गर्न दिएको समय आज सकिँदैछ । राष्ट्रपति भण्डारीले यहिँ पुसको ३ गते दलहरुलाई नयाँ सरकार गठनको लागि बहुमतको दाबी गर्न एक हप्ताको समय दिएकी थिइन् । उनले दिएको समय आज आइतबार बेलुका ५ बजे सकिँदैछ । र दलहरुले अहिलेसम्म बहुमत जुटाउन सकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved